::: फुर्सद भएमा पल्टाउनु मेरा जीवनका पानाहरु :: अनिता भण्डारी पौडेल - Palpali Milan

27 March 2018

demo-image

::: फुर्सद भएमा पल्टाउनु मेरा जीवनका पानाहरु :: अनिता भण्डारी पौडेल

anita+paudel+bhandari+nepali+gajalkar+nepali+women+garakar+nepali+nari+sahitykar%25281%2529
फुर्सद भएमा पल्टाउनु मेरा जीवनका पानाहरु
तिमीलाई सुनाउन नसकेका मनका तानाहरु

गुनगुनाए होला कयौ पटक प्रेमको छहारीमा
दुनियाँले सुन्न नसकेका म भित्रका गानाहरु

हातेमालो साथीसंगी समयसंगै फरक फरक
एकान्तमा खोजे तिमीलाई बनाई बहानाहरु


कत्ति शब्द मडारिए होलान म संगै डायरीमा
न त उजाडियो कसैको घर न कसैका छानाहरू

केवल सजाएँ मेरो मुटुभित्र तिमीसंगका यादहरु
रित्तिएन कसैको भकारी न त खोसियो मानाहरु

रचनाकार
अनिता भण्डारी (पौडेल )
नँया बानेश्वर, काठमाडौँ


Search

Contact Form

Name

Email *

Message *