::: जीवन कुँवरजिका मुक्तकहरू ::: - Palpali Milan

26 March 2018

demo-image

::: जीवन कुँवरजिका मुक्तकहरू :::

Jiwan+Kunwar%252CNepali+BoY+in+Palpali+Dhaka+Topi%252CDhaka+Topi+with+Khukuri%252CNepali+bOy+in+sun+glasses

बारम्बार मुटु दुख्ने व्यथा किन लाग्छ मलाई ?
मैले बनाको बन्चरो ले नै किन ताग्छ मलाई ?
भर्खर २१/२२ बर्षको लाग्दै गर्दा यमराजले
भगवानसँग मार्न अनुरोध किन माग्छ मलाई ?

अलिअलि गर्दागर्दै उसलाई माया गर्ने बानी भयो
बानि हुदै गएपछि जीन्दगी आशुझरी पानी भयो
माया भन्दा धेरै मेरो प्रयोगहुन थालेपछि आखिर
मेरो जिन्दगी प्रयोगसगै खिइदै जाने खानी भयो


साचो कुरा भनिहाल्छु केहिपनि ढाट्न मन छैन
तिमि जस्तो दहिचिउरे बनि ,कुरा काट्न मन छैन
माया भने चिज कस्तो भोग्दै-बुझ्दै मैले सहेकोछु
फेरी पनि माया गरी सिएको मुटु फाट्न मन छैन ।

जसलाई मैले मनपराए टाढा गै दियो आज
तिम्रै हुँ भन्ने नै अर्कैको बुढि भै दियो आज
सिउदोमा सिन्दुर गलामा मङ्गलशुत्र देख्दा
उसलाई बिहे गर्ने चाह अधुरोनै रै दियो आज ।

बोल्दाबोल्दै किन कबु आफ्नै जस्तो‌ ठानेको छु
तिमिले साथि माने पनि मैले प्रमिका मानेको छु
गल्ति गरे या त भुल गरे सक्छौ भने माफ गर
तर साच्चै उसलाई भुलि तिमिलाई‌ नै छानेको छु ।

तिम्रो सिउदो रङ्ग्याउने मेरो हात हुने भए
किन उ सम्झि रुन्थे र! तिम्रो साथ हुने भए
चोखोमायामा नि धोका हुदो पहिल्यै था’भा
किन लाउथे होला माया मैले घात हुने भए.।।

रचनाकार
जीवन कुँवर
बगनासकाली-३, पाल्पा

Search

Contact Form

Name

Email *

Message *