:: : Nepal To Play T20I Against Netherlands & MCC Club in Lords, England - Palpali Milan

29 March 2018

demo-image

:: : Nepal To Play T20I Against Netherlands & MCC Club in Lords, England


विश्वकप छनोटमा आठौ स्थानमा रहदै एक दिवसिय मान्यता प्राप्त गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको सफलताले हर्शित नेपाली क्रिकेट टोलिका समर्थकहरुलाई इङ्ल्यान्डको मेरिलबोन क्रिकेट क्लब (एमसीसी) ले लर्ड्स क्रिकेट मैदानमा त्रिकोणात्मक टि ट्वान्टी क्रिकेट श्रृखंला खेल्नको लागी आमन्रण गरी थप खुशी हुने मौका दिएको छ ।
Nepali_Cricket_fans_welcoming_Nepali_cricket_players




जुलाई २९ मा लर्ड्स क्रिकेट मैदानमा पहिलो खेल बिहान र फाइनल खेल साँझ हुनेछ । जसअन्तर्गत तीन वटै टिमले एक आपसमा खेली शीर्ष दुई टोलीले एतिहासिक उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यो भन्दा पहिला एमसिसीविरुद्धको खेल अन्तर्गत सन् २०१६ को जुलाई १९ मा लर्ड्समा पहिलो खेल खेलेको थियो । जसमा नेपालले ४१ रनको सानदार जित हसिल गरेको थियो । यता नेदरल्यान्डसँगको पछिल्लो खेलमा भने हार व्यहोरेको नेपालले लर्ड्स क्रिकेट मैदानमा कस्तो प्रदर्शन गर्छ होला भन्ने कौतुहलता सबै आम नेपाली प्रेमिमा रहेको छ ।


Search

Contact Form

Name

Email *

Message *