पिरतीको पहिलो जन्मदिन । नेपाली गजल । वेद थापा । - Palpali Milan

Recent

11 February 2012

पिरतीको पहिलो जन्मदिन । नेपाली गजल । वेद थापा ।

प्रितको डांडा नौडांडालाई उडि काटौं क्यार
आकाशमैं आतिश जस्तो बनी फाटौं क्यार

आज मेरो पिरतीको पहिलो जन्मदिन हो
भए भरका खुसि सारा मिलि साटौं क्यार

जुराएको दैवले हो मांया मेरो भागको
फुल सिउरेर नदी तार्न तोरन बाटौं क्यार


मं भंवरा सुखायामका फुल चाहार्थें सारा
अहिले मेरै बगैंचाभो रस सार चाटौं क्यार

रानीमहल प्रेमको आजै कतै कुनै ठाउँमा
ठड्या केटा भन्छ मनले तेहीसुर आंटौं क्यार

गजलकार
वेद थापा “बेहोशी”
सेतिदोभान ७, स्यांजा ।।

Search