जिन्दगी । गजल । प्रकाशमणि खनाल । - Palpali Milan

Recent

22 February 2012

जिन्दगी । गजल । प्रकाशमणि खनाल ।

खहरेमा हुत्तिएको छाल जिन्दगी
रोकिदैन तिब्रगति चाल जिन्दगी

इज्जत जो खेदिएको बन्नु गरीब
अन्नविना बाचुञ्जेल काल जिन्दगी

थोत्रा भोटा टालिएको वर्ग बिचमा
दुःखी भई सहनु छ हाल जिन्दगी


कसै लाई सम्पन्नता पुरा वैभव
भरी पुर्ण भएको छ माल जिन्दगी

सुख दुःख गन्तव्य एक्लै पुगिने
सृष्टिलिला अचम्म छ जाल जिन्दगी

गजलकार
प्रकाशमणि खनाल
गोल्धाप-4, झापा

No comments:

Post a Comment

Search