मायाको बगान । गजल । किरण मेयोङ्बा । - Palpali Milan

Recent

22 February 2012

मायाको बगान । गजल । किरण मेयोङ्बा ।

एकान्त मा टोलाएर गगन हेर्दै छु म
मख्खै पार्ने मायाको बगान हेर्दै छु म

चन्द्र झै उज्वल मन , रसिलो बोली
त्यै मुहार सजाउन कङ्गन हेर्दै छु म

तिथी हेरी माया लाई बन्धनमा बाध्न
औंला भाचि मनबाटै मगन हेर्दै छु म


चिना कुन्डलीको कहावत रेखाहरु हेरी
मन सँग मन मिलाई लगन हेर्दै छु म

एकान्त मा टोलाएर गगन हेर्दै छु म
मख्खै पार्ने मायाको बगान हेर्दै छु म
गजलकार
किरण मेयोङ्बा "थाङ्ने कान्छा"
फिदिम पाँचथर
हाल यू ए ई आबुधाबी

No comments:

Post a Comment

Search