यो "राष्ट्रप्रेमी" बेचिन्न बुझ्यौ । नेपाली गजल । टिका खड्का राष्ट्रप्रेमी । - Palpali Milan

Recent

14 February 2012

यो "राष्ट्रप्रेमी" बेचिन्न बुझ्यौ । नेपाली गजल । टिका खड्का राष्ट्रप्रेमी ।

खोजेको सबै भेटिन्न बुझ्यौ
भावीको लेखा मेटिन्न बुझ्यौ

औकात आफ्नो नभुल तिमी
हातले घाम छेकिन्न बुझ्यौ

नगरी कर्म पाइदैन फल
शिखरमा त्यसै टेकिन्न बुझ्यौ


खोजेर सुख पाउँने भए
दु:खले मान्छे रेटिन्न बुझ्यौ

जीवनमा नपाई आफुले चोट
अरुको घाऊ देखिन्न बुझ्यौ

पैसामा तिमी बिकेनी नेता
यो "राष्ट्रप्रेमी" बेचिन्न बुझ्यौ ।।

गजलकार
टिका खड्का राष्ट्रप्रेमी
दमक झापा हाल दोहा

No comments:

Post a Comment

Search