Nepali Kabita गौतम बुद्धका व्यथा - Palpali Milan

01 July 2011

demo-image

Nepali Kabita गौतम बुद्धका व्यथा



म सिद्धार्थ (गौतम बुद्ध) मलाई आज दु:ख लागेको छ | किनकि यो देशमा मलाई हेला गरिदै छ र 

अर्को देशले मलाई आफ्नो भन्न सबै तरिका अपनाउदै छ | मेरो अस्तित्व यो देशमा जोगाउन कसैले 

त पहल गर !! हे नेपाली हो नेपाली सबै एक जुट भएर मेरो अस्तित्व यो देशमा सुरक्षित राख्न  

सक्दैनौ ? म त नेपाली हो र मेरो मन पनि त तिमीहरु जस्तै नेपालको लागी धड्किन्छ नि !!!!





म हु गौतम बुद्ध यो देशको सच्चा सुपुत्र

म त हु नेपाली जन्मेको यहि नेपाल भित्र

बचाऊ नेपाली मलाई हुदैछु है म आज पराई

नेपाली भनेर भन्न गार्हो भैसक्यो आज मलाई
...
..
. 



नेपालमा जस्तै मेरो जन्म स्थल बन्दै छ अर्को

अब मेरो मातृ भूमि नेपाल हो की अर्को

जबर्जस्ति  बनाउन लागे मलाई भारतीय

म त हु नेपाली नेपालको सच्चा सुपुत्र



कोहि छैनन् रोक्ने यहाँ नेपाली सबै मौन छन्

त्यसको फाइदा उठाउदै नयाँ स्थल बनाउदै छन्

लुम्बिनी नेपालको हो अरु सबै धोका हो

म सधै नेपाली हु मेरो मन नेपाली हो



मेरो पीडा सुनिदिने कोहि छैनन् कसलाई भनु

अस्तित्व मेरो गुम्न लगिसकोछ अब म के गरु

नेता सबै कुरा गर्छन काम भने कहिले गर्दैनन्

आफ्नो स्वाभिमान जोगाउन कसैले ध्यान दिदैनन




नेपालबाट चोरी हुदैछ आज मेरा अस्तित्वका पोकाहरु

स्थापित गर्दैछन नक्कली मुर्ति अनि प्रमाणहरु

सबै प्रमाण हुदाँ पनि किन जाग्दैन नेपाल सरकार

नक्कली लुम्बिनी बनाउदा नि बोल्न सक्दैन सरकार




जय नेपाल, जय स्वाभिमान


Butwal-12, Rupandehi- Lumbini
Nepal
(Member)



Lord Gautam Buddha's Request to all Nepali  :  गौतम बुद्धका व्यथा
माथिको लेख Facebook मा आफ्नो साथीहरु माझ बाड्न चाहनुहुन्छ भने Like अथवा Recommend मा क्लिक गरि Confirm मा click गरि दिनुहोला

Search

Contact Form

Name

Email *

Message *