सरिता जी का दुई गजल - Palpali Milan

05 November 2011

demo-image

सरिता जी का दुई गजल

काली भने नी
काली भने नी मलाई गोरी भने नी
फरक नपर्ला नकचरी छोरी भने नी

गाई हिड्छु बन पाखा आफ्नै सुरमा
फरक नपर्ला गीतलाई लोरी भने नी
.com/blogger_img_proxy/
मिठो बोली हाँस-खेल सबैसँग गर्छु
फरक नपर्ला उत्ताउली मोरी भने नी
.


काली भने नी मलाई गोरी भने नी
फरक नपर्ला नकचरी छोरी भने नी
( Nepali Love Gajal By  Sarita Sharma Samadarshi )


बोल्दैनन् कहिले शिलाहरु

जती जल चडाएनी बोल्दैनन् कहिले शिलाहरु
भ्रम सधैं भ्रमै रहन्छ खोल्दैनन कहिले लीलाहरु |

शास्त्र कहाँ झुठो हुन्थ्यो,हत्या हिसां सिकाउने
साचो सन्त हो भने पोल्दैनन कहिले फिलाहरु |


.com/blogger_img_proxy/
कालो, सेतो, रातो, हरियो रङ्हरुको खेलमा
क्रान्ति खोज्ने हातले घोल्दैनन कहिले निलाहरु |

जती जल चडाएनी बोल्दैनन् कहिले शिलाहरु
भ्रम सधैं भ्रमै रहन्छ खोल्दैनन कहिले लीलाहरु |


गजलकार
Sarita Sharma Samadarshi
 Kalimpong, India  
Now in Siliguri
(सरिता जी का दुई गजल)

 

Search

Contact Form

Name

Email *

Message *