आफ्नै भूमि प्यारो हजुर । नेपाली गीत । राजेश रुम्बा लामा । - Palpali Milan

11 February 2012

demo-image

आफ्नै भूमि प्यारो हजुर । नेपाली गीत । राजेश रुम्बा लामा ।

Rajesh+Rumba+Lama

डाँफे नाच्ने वन अनि,गुराँश फुल्ने पाखा
बिर्सिएको छैन मैले ,हिमालको काखा

कुन चरीले भुल्न सक्ला?आफ्नै रनवन
टाढा हुँदा तड्पीदै,रुन्छ बरु मन
सारंगीको धुन अनि लेक-बेंसीको भाका
बिर्सिएको छैन मैले ,हिमालको काखा



लेकको चौरी खर्क मेरो,बेंसी भैंसी गोठ
आफ्नै भूमि प्यारो हजुर,पाओस हजार चोट
पाए पनि सुख- चैन मैले लाखौं -लाख
भुल्ने छैन सुन्दर ति,हिमालको काख
भुल्ने छैन सुन्दर ति,हिमालको काख

डाँफे नाच्ने बन अनि,गुराँश फुल्ने पाखा
बिर्सिएको छैन मैले ,हिमालको काखा
भुल्ने छैन सुन्दर ति,हिमालको काख

गीतकार
राजेश रुम्बा लामा "अतृप्त"
reasonlama_rumba@yahoo.com

Search

Contact Form

Name

Email *

Message *