मायाको जातै मिठो हजुर । गजल । पुस्कर बन्जाडे । - Palpali Milan

22 February 2012

demo-image

मायाको जातै मिठो हजुर । गजल । पुस्कर बन्जाडे ।

puskar+banjade
खै कस्तो हो,यो मायाको जातै मिठो हजुर
एकान्तमा समाएको हातै मिठो हजुर

जव छुन्छ मायाले भोक निद्रा डाँडाँ काँट्छ
मिठा मिठा पिरतीका बातै मिठो हजुर

पिरतीमा वर्षा लाग्दा मगमग वासनाको
अंगालोमा लाज छेक्ने हात मिठो हजुर


चढ्दो उमेर र वैश,थाम्न गाह्रो हुदाँ
सँगै सँगै बिताउने रातै मिठो हजुर

संसारमै ठुलो चिज मायालु नै हुदाँ
फलको त कुरै छोडौं,पातै मिठो हजुर

गजलकार
पुस्कर बन्जाडे
काठमाडौँ नेपाल

Search

Contact Form

Name

Email *

Message *