जीवनको यात्रा उकाली अनि ओराली । गजल । रोशन भट्ट । - Palpali Milan

Recent

22 February 2012

जीवनको यात्रा उकाली अनि ओराली । गजल । रोशन भट्ट ।

किन यो तृष्णा बडी दिन्छ ,आँत यो सुकाउने गरी
किन यो व्यथा चडी दिन्छ ,साथ यो दुखाउने गरी

समय र बाध्यताको भुमरी जीवन  दुख्नु नै पर्ने रैछ
किन यो कथा गडी दिन्छ , बात यो लुकाउने गरी

नदेखेको पाइन्छ याँहा न त सोचेको नै भेटिने रैछ
किन यो पिडा लडी दिन्छ , रात यो फुकाउने गरी


जीवनको यात्रा उकाली अनि ओराली गर्नु पर्ने नै रैछ
किन यो क्रिडा सड़ी दिन्छ , मात यो झुकाउने गरी
किन यो व्यथा चडी दिन्छ ,साथ यो दुखाउने गरी !!

गजलकार
रोशन भट्ट
दोहा-कतार

No comments:

Post a Comment

Search