केवल् उडिरहेँ चुपचाप उडिरहेँ । नेपाली कविता । अनु शाह । - Palpali Milan

13 February 2012

demo-image

केवल् उडिरहेँ चुपचाप उडिरहेँ । नेपाली कविता । अनु शाह ।

Anu+Shah
परिस्थिती सँग अनी भाग्य सँग
नियती ठानेर संघर्सको मैदानमा
आफ्नो हर खुशीलाई त्यागेर झुत्रिये
शायद नियती नै च्यातिनु हो मेरो
केवल् उडिरहेँ चुपचाप उडिरहेँ।

चङ्गा हुँ म कहिले आकासिदै
कहिले माथी चढदै कहिले तल झर्दै
हावाको झोका सँग लहराउँदै

कहिले प्रतिद्वन्धी सँग डराउँदै
केवल् उडिरहेँ चुपचाप उडिरहेँ।

कसैको बन्धन मा बाँधिएर
कहीं आग्रहले कहिं आदेशले
अनी सधैं अरुको खुशीको लागि
निस्वार्थ भई सेवामा समर्प्रित
केवल उडिरहें चुपचाप उडिरहे

कवियत्री
अनु शाह
काठमाडौँ नेपाल हाल Waltham MA

Search

Contact Form

Name

Email *

Message *