मायामा नै लोडसेडिङ्ग । गजल । शान्ती अधिकारी । - Palpali Milan

22 February 2012

demo-image

मायामा नै लोडसेडिङ्ग । गजल । शान्ती अधिकारी ।

Shanti+Adhikaari
मायामा नै लोडसेडिङ्ग,गरुगरु जस्तो लाग्यो
डर लाग्दा तिम्रै नजिक,सरुसरु जस्तो लाग्यो

सुक्यो रे नि ति नदी नाला,कसो गरी भर्ने होनी
पानि बनि मुसलधारे,झरुझरु जस्तो लाग्यो

आज सम्म हाम्रो भेटमा,बाधा बन्ने ठुलो नदी
बल्ल आज बगर बन्यौ,तरुतरु जस्तो लाग्यो


समयले साथ दिएको, यहि मौका छोपेर नै
तिमी भित्र मायाको बिउ,छरुछरु जस्तो लाग्यो

मायामा नै लोडसेडिङ्ग,गरुगरु जस्तो लाग्यो
डर लाग्दा तिम्रै नजिक,सरुसरु जस्तो लाग्यो

गजलकार
 शान्ती अधिकारी
नेपालगञ्ज

Search

Contact Form

Name

Email *

Message *