नेपाली गजल "मुटुमा ढुङगा राखी" सुरेश बिडारी - Palpali Milan

20 March 2012

demo-image

नेपाली गजल "मुटुमा ढुङगा राखी" सुरेश बिडारी

Suresh+Bidari
राम्री लाग्यौ तिमी, मन पराएँ त के भो ?
हुन्नौ आफनो भनी, भन्न डराएँ त के भो ?

मनमा माया हुँदा, मुखले कीन बोल्नु ?
कल्पनामै यतै कतै, हराएँ त के भो ?

मुखले छैनौ भने पनि,मनमा थियौ
सपनीमा राती, बरबराए त के भो ?


जीत्ने खुसी,हार्ने दुखी,मजा लुट्ने अरु
मायालाई खेल झै, गराएँ त के भो ?

मुटुमा ढुङगा राखी, जाल झेल त्यो गरे
आँखाबाट आज, आँसु झराए त के भो ?
गजलकार
सुरेश बिडारी 'विवश'
चित्लाङ्ग-२ मकवानपुर

Search

Contact Form

Name

Email *

Message *