:: सिन-ओकुबोमा ओभरसीज रेमिट कम्पनीको नयाँ शाखा उद्घाटन - Palpali Milan

Recent

04 April 2018

:: सिन-ओकुबोमा ओभरसीज रेमिट कम्पनीको नयाँ शाखा उद्घाटन


Oversease Remit Japn,Sin Okubo Branch


सेवा सुरुवात गरेको छोटो समयमै जापानबासी नेपालीहरुमाझ अत्यन्तै लोकप्रिय हुन सफल रेमिट्यान्स कम्पनी ओभरसीज रेमिट कम्पनीले आफ्नो संजाल विस्तारको क्रममा राजधानी टोकियो भित्र मिनी नेपाल” भनेर चिनिने सिन-ओकुबोमा गत शनिवार औपचारिक रुपमा नयाँ शाखाको  उद्घाटन गरेको छ ।


सेवाग्राहि,शुभचिन्तक एवं पत्रकारहरुको उल्लेख निए उपस्थितिमा कम्पनीका संचालकहरू दीपक सुवेदी,रोशन के सी, डीपी कँडेल, लोकनाथ वस्ती र इश्वरी कँडेल (सेवा) लगायतले संयुक्त रूपमा रिबन काटेर कार्यलयको औपचारिक उद्घाटन गरे।

कम्पनीले स्थापनाको छोटो समयमै आक्रामक रूपमा सेवा विस्तार गरि छिटो छरितो र विश्वासिलो ढंगबाट आफ्नो अलग पहिचान बनाउन सफल भएको कम्पनीका कार्यकारी संचालक बिपीन घिमिरेले हामिलाई बताउनुभयो ।

त्यसैगरी ”सुरक्षित तथा छिटो, कम शुल्क उच्च रेट” भन्ने नारा अनुरूप ग्राहकहरुको सुविधालाई महत्व दिदै, ग्राहकहरूको सल्लाह र सुझावलाई मन गर्दै अगाडी बढ्ने छौ । यसका साथै वहाँले सजिलो,छिटो र सबैभन्दा बढी भुक्तानी दरका साथ हजुरको मेहेनतको कमाइ सुरक्षित रूपमा नेपालमा रहुनु भएका परिवार,आफन्तजन एवं साथीसंगी माझ पुराउनु परेमा सेवा गर्ने मौका दिनुहोला भनी कम्पनीका प्रमुख व्यवस्थापक भरत ज्ञवालीले भन्नुभयो ।
Overseae Remit Japan


कार्यक्रममा ओभरसीज रेमिट कम्पनीमा एक पटक ग्राहकको रुपमा दर्ता भए पश्चात कुनै रेमिट गर्ने कार्ड बनाउन नपर्ने,आफनै एटीम कार्ड बाट रकम डिपोजिट गर्न सकीने, नेपाल पैसा पठाएपछी र नेपालमा भुक्तानी भैसकेपछी एसएमएस बाट जानकारी पाईने लगायतका सुविधाहरूका बारेमा जानकारी दिईएको थियो ।



2 comments:

  1. Best of luck and good wishes for oversease team

    ReplyDelete

Search