मान्छे-मान्छे एउटै त हुन् यहाँ आखिर !! - Palpali Milan

Recent

31 January 2012

मान्छे-मान्छे एउटै त हुन् यहाँ आखिर !!

धर्तिलाई यि भार किन जन्मिन्छन्
बाँदरका अवतार किन जन्मिन्छन्

मान्छे-मान्छे एउटै त हुन् यहाँ आखिर
अलग्-अलग् विचार किन जन्मिन्छन्

यो अनि त्यो निहुमा शहिदको खेती गर्न
अनेक क्रान्ति बारबार किन जन्मिन्छन्


कलमले संसार जित्छ भन्छन् कलमवाज
गला रेट्न तरवार किन जन्मिन्छन्

मिलन पछी बिछोड हुनु स्वभाविक हो
बियोगमा गजलकार किन जन्मिन्छन्

गजलकार
लक्ष्मन मिलन विष्ट
कालिकास्थान, अछाम हाल मुम्बई

No comments:

Post a Comment

Search