** शितल थियो माँया तिम्रो ** गीत । सुचित्रा खनिया। - Palpali Milan

27 February 2012

demo-image

** शितल थियो माँया तिम्रो ** गीत । सुचित्रा खनिया।

Suchitra+Khaniya
कस्तो माया दियौ तिम्ले, भुल्नलाई गाह्रो भयो
भुल्न खोज्छु पल पल, त्यही माया तगारो भयो

हांसी हांसी बोली रह्यौ, तानिएछु थाहै नपाइ
बीच बाटेमै चुंडिएछु, तिम्रो आफ्नु हुनै नपाइ
जोडिन्न की अब कहिल्यै, चुंडिएको उही तार
छोडी जाने बैगुनीको याद आउंछ बारम्बार


कुन अर्थले बाँचौं अब, बेसाहारा एक्लै बनी
एक्लोपन यस्तो होला थाहा थिएन कहिल्यै पनि
शितल थियो माँया तिम्रो, अहिले यता पोली रह्यो
उनकै यादमा बर्बराइ एक्लै मन बोली रह्यो

गीतकार
सुचित्रा खनिया
भरतपुर,चितवन हाल इजरायल

Search

Contact Form

Name

Email *

Message *