** नयाँ वर्ष विशेष गजलहरु ** - Palpali Milan

01 April 2015

demo-image

** नयाँ वर्ष विशेष गजलहरु **

** नयाँ वर्ष विशेष गजलहरु **
Yogen+Dholi

नयाँ साल मा फूली दिनु फक्रीएको फूल सरी
बाँकी जिवन बाच्नु सदा, संसारमा सुबास छरी

जस्तो थियो बिगता मा, यथावतै रहोस साथ
नछुटियोस यात्रा पथमा,दोबाटोमा दोमन गरी

आँधी हुरी आए पनि,अडिक रहोस जिन्दगी
दिर्घायुको कामना छ,नजाओस है भुई झरी



सुख सधै साथी बनोस्, हाँसी खुसी रहनु है
रक्षा गरुन भगवानले,दु:ख जती सारा हरी

नव बर्ष सार्थक बनोस्, मेरो शुभकामना
आँसु भने नदेखियोस्,परेलिमा जूनी भरी

गजलकार
योगेन ढोली


यो नव वर्षको,शुभकामना छ है
komal+bhatt
खुसी र हर्षको,शुभकामना छ है

शान्ति र संबिधान,लडेरै ल्याउँला
सफल संघर्षको,शुभकामना छ है

निकालौं साथी हो,निकास देशमा
उचित निष्कर्षको,शुभकामना छ है

मिलौँ सबै जना,भातृत्व भावले
विचार विमर्शको,शुभकामना छ है

अब वियोगको,झलक मेटियोस
मिलन स्पर्शको,शुभकामना छ है

गजलकार
कोमल भट्ट

Search

Contact Form

Name

Email *

Message *