*** प्रभा दिदीका मुक्तकहरु *** - Palpali Milan

27 February 2012

demo-image

*** प्रभा दिदीका मुक्तकहरु ***

Acharya+Prabha
तिमीसँग अलिकति हाँसो मिसाउँदैछु
तिमीसँगै जिन्दगीको भारी बिसाउँदैछु
मेरो हजुर भावनाको कदर गर्दिनु है
तिम्रै साथले जलेको यो मुटु चिसाउँदैछु ।।

तिमी मेरो आफ्नै हौ र त,गाली गर्छु म
तिमी मेरो ढुक्ढुकी हौ,तिमीबिना मर्छु म
जब पिरोलिँन्छौ तिमी मुटु दुख्छ मेरो
त्यसैले त,आसुँ बनी आँखाबाट झर्छु म ।।

बचनले जति पोल्छ आगोले नपोल्ला त्यति
पराईको सामु सायद् मनले नबोल्ला त्यति
जे छौ तिमी नै छौ मेरो संसार भन्नु
भर परि अरुमा मनले व्यथा नखोल्ला त्यति ।।


रिसराग त्यागेर अधरमा हाँसो छर
अहमतालाई नाँसेर नजरमा आशा भर
दुई दिनको लागी आएका छौं साथी
आडम्बर र अहंकारलाई नास गर ।।

बसन्त ऋतु जग्मगाइ दिन्छ हरियाली पाएर
बिरुवा पनि मौलाउँन थाल्छ वसन्ति छाएर
प्रकृती हेर लजाउँन थाल्छे मुसुक्क मुस्काइ
फूलको यौवन लोलाउँन थाल्छ बैँश त्यो आएर ।।

रचनाकार
आचार्य प्रभा
दमक झापा ११
हाल अमेरिका
www.acharyaprabha.blogspot.com

Search

Contact Form

Name

Email *

Message *