Nepali Short Story : दोषि को ? - Palpali Milan

04 June 2011

demo-image

Nepali Short Story : दोषि को ?




Bijay+Nepal


 

कृष्ण र प्रकाश एकदमै मिल्ने साथी हुन् । उनीहरु SLC को परिक्षासँगै दिएका थिए र गणितको परिक्षा कृष्णले एकदमै राम्रो भएको बताएको थियो र प्रकाशले पनि राम्रै भएको बताएको थियो । कृष्ण विश्वस्त थियो कि राम्रो नं. आउनेछ । परिक्षा दिएको तीन महिनापछि परिक्षाफल निस्कियो । तर कृष्ण फेल भयो प्रकाश उर्तिण भयो । कृष्णलाई एउटा विषय त्यो पनि गणित लाग्यो । गाँऊका मान्छेहरु तथा उसकै साथी भनाउदाहरुले उसलाई निकै जिस्काउथे । असाध्यै राम्रो भएको भनेतापनि गणित जम्मा ८ मात्र आएको थियो । झन राम्रो भएको भनेकै विषय गणित नै लागेकाले उसलाई असाध्यै पिर पर्यो ।
.....,
,,,
,,



 उसले खाना खान पनि छोडिदियो दिनभरी टोलाएर बसिरहन्थयो, घरबाट बाहिर पनि निस्कनै छाडिदियो । कृष्णको यो हालत देखेर उसका साथीहरुले तथा आमाबुवाले केही गडबढ भएको हुनुपर्दछ भनी कृष्णलाई सम्झाउदै कपि रि–चेक गर्नु पर्दछ भनी सम्झाउने धेरै कोसिश गरे तर कृष्ण यो नतिजाबाट आफ्नो निकै बेइज्जत भएको ठानी आत्माहत्या गरी आफ्नो देह त्याग गर्यो । गाँऊमा खैलाबैला भयो । केहिदिन पछि प्रकाश तथा अरु साथी मिली कृष्णको कपि रि–चेक गर्न लगाए र रि–चेक भएसकेपछि पो थाहा भयो कृष्णको गणितमा ८८ नम्बर आएको लेखिनुपर्नेमा भुलवश ८ मात्र लेखिएको रहेछ । आखिर कृष्णको मृत्युको दोषी को ???



बिजय कुमार नेपाल “ निर्दोष”

श्री विष्णु उ.मा.वि.

पोखराथोक–५, पाल्पा




 माथिको लेख Facebook मा आफ्नो साथीहरु माझ बाड्न चाहनुहुन्छ भने Like अथवा Recommend मा क्लिक गरिदिनुहोला
संसार भरि रहनु भएको नेपाली साथीहरु माझ पुग्न हामीलाई हजुरको सहयोगको आवश्यकता छ !

Search

Contact Form

Name

Email *

Message *