गरी खान हुन्छ चोरि गर्नु हुँदैन ( गजल ) - Palpali Milan

06 March 2012

demo-image

गरी खान हुन्छ चोरि गर्नु हुँदैन ( गजल )

Sabitra+Luitel+%28Ghimire%29
दुई  दिने जुनी हाम्रो मर्नु हुदैन
दु:ख सुख आई रन्छ डर्नु हुँदैन !!

ईमान र स्वाभीमान बनी बाँच्नु छ
नजरमा आँफै तल झर्नु हुँदैन!!

मिलिजुली बसेका छौ हामी नेपाली
आई पर्दा हामी पछी सर्नु हुँदैन !!


मागी खानु पर्दैन भो पोख्छौ पसिना
गरी खान हुन्छ चोरि गर्नु हुँदैन !!

जिन्दगीको गोरेटोमा बनौ साहारा
सुरो बनी एक्लै नदि तर्नु हुदैन !!
गजलकार
साबित्रा लुइँटेल घिमिरे
झापा

Search

Contact Form

Name

Email *

Message *