** प्रत्येक मनमा बुद्धत्व जाग्नु पर्छ ** । कविता । कल्पना गिरि "भावुक"। - Palpali Milan

27 February 2012

demo-image

** प्रत्येक मनमा बुद्धत्व जाग्नु पर्छ ** । कविता । कल्पना गिरि "भावुक"।

Kalpana+Giri+Bhabuk
यूग परिवर्तन संगै
चिन्तन र विचारलाई
मन्थन गरेर
एउटा
नयाँ आयाम थप्नु पर्छ
अब,
प्रत्येक मनमा बुद्धत्व जाग्नु पर्छ

झुपडी देखि पाँच तारे सम्म
भरिया देखि पजेरो सम्म
सुनौलो बिहानी सँगै
आह्वान बनेर
शिक्षाको बिज बर्साउन
एउटा संकल्प लिनु छ
अब
प्रत्येक मनमा बुद्धत्व जाग्नु पर्छ


शान्तिको देश भन्छौ
अशान्तिको नारा चर्केको छ
लक्ष्मीको देश भन्छौ
अभावले सिमा तरेको छ
जलश्रोतको देश भन्छौ
औंशीले राज्य गरेको छ
के..
अझै चुप लागेर बस्न सक्छौ?

मन खेतमा बनमारा छाई सक्यो
छिमेकिले गीत बनाएर गाइ सक्यो
मौलाउँन नदिएरै फाड्नु पर्छ
अब
चेतनाको ज्योती जाग्नु पर्छ
त्यसैले
प्रत्येक मनमा बुद्धत्व जाग्नु पर्छ
कवियत्री
कल्पना गिरि "भावुक"
काठमाडौँ

Search

Contact Form

Name

Email *

Message *